आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५५ कायम भएको छ […]

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन्– शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्। ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी […]

मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश

काठमाडाँ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् । अन्सारीले लेखेकी छिन्– ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशका […]

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बिहीबार) संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश […]

अमेरिकाले अघि सारेको प्रस्तावमाथि विचार गर्दैछौँ : इरान

तेहरान । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ। दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन रहेको स्पष्ट पारेको हो। अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको दाबी गरेपछि यो विषय चर्चामा आएको छ। तर इरानी संसद्का […]

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनीहरूकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो। उनको रिहाई माग गर्दै पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। उनीहरूलाई गैरकानुनी रुपमा हिरासतमा […]

सरकारको कडा कदम: ट्रेड युनियन अधिकार खारेज, संरचना नै हटाइँदै

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग तथा मातहतका निकायहरूलाई परिपत्र जारी गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गर्न र त्यहाँ प्रयोग भएका सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो। ‘केही नेपाल […]

सरकारको अध्यादेशले हल्लियो सञ्चार क्षेत्र, मन्त्रालय मातहतका शीर्ष पदाधिकारी हटाइए

काठमाडौँ । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत शीर्ष पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अध्यादेशको दफा २ को उपदफा (१०) बमोजिम संस्थान, बोर्ड, प्राधिकरण तथा आयोगहरूका अध्यक्ष र सदस्यहरूको पदावधि तत्काल प्रभावबाट अन्त्य गरिएको हो। यस […]

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ति माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी […]