बालेनलाई प्रधानमन्त्री बनाउन रवि तयार, एकताका लागि यस्तो छ रास्वपाको भागबन्डा प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्न तयार देखिएका छन् । साथै रास्वपाले ६०/४० को भागबन्डासहित त्रिपक्षीय प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ । काठमाडौँको ललितपुरस्थित ज्वागलमा बिहीबार राति अबेरसम्म बसेको बैठकमा रास्वपाले पार्टी एकताका लागि संरचनागत र चुनावी भागबन्डाको प्रस्ताव अघि सारेको हो । […]

गोदावरीका मेयरसहित १४ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारले सात आधार प्रस्तुत गर्दै उक्त फैसला बदर हुनुपर्ने माग गरेको हो । अख्तियारका अनुसार नगरपालिकाले प्रदेश कानुनको अवज्ञा गर्दै ढुङ्गा–गिट्टीको दर प्रतिघनफिट ९ रुपैयाँ हुनुपर्नेमा बदनियतपूर्वक २.२५ रुपैयाँ […]

सञ्चारन्त्रीसंग देउवाले भने – कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै हो

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै भएको बताएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा कांग्रेस सभापति देउवाले उक्त कुरा बताएका हुन्। उनले नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको पनि उल्लेख गरेका छन्। सञ्चारमन्त्री खरेलले शुक्रबार कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा […]

परराष्ट्रमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् […]

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरूद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको रिट खारेज गरेको हो। यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन। आयोगका […]

प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

बालेनको ‘पावर ब्यालेन्स’ बारे रास्वपामा छलफल, बेलुकासम्म निचोड आउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच एकता हुँदा हुने पावर ब्यालेन्सबारे दुवै पक्ष छलफलमा जुटेका छन् । रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको र त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा म्यानेज गरिने एक नेताले बताए । ‘आज बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका […]

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आजै शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ । उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत […]

बालेनको राजनीतिक दौडधूपप्रति सिके राउतको टिप्पणी – कागलाई बेल पाक्यो हर्ष न विस्मात्

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय देखिएको राजनीतिक चहलपहलप्रति ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भन्दै टिप्पणी गरेका छन्। हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न राजनीतिक नेताहरू तथा ‘जेनजी’ अगुवासँग भेटघाट बढाइरहेका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्। बिहीबार मेयर शाहले ललितपुरको ज्वागलमा झन्डै १२ घन्टा विभिन्न दलका नेता र युवा […]

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्। आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी […]