काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । दुई दलबीच एकता सहमति पत्रमा अजै साँझ हस्ताक्षर हुने उनले बताए । कमल […]
Author: ननस्टप संवाददाता
बयान दिन जान रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा उहाँ […]
५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले राष्ट्रियसभामा मत हाल्न नपाउने
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् । विज्ञप्तिमा अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जना प्रदेशसभा सदस्य […]
कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने
काठमाडौँ । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि […]
प्रतिनिधिसभा पुनर्स्थापनाकाे मागसहित ६८ सांसदको पूरक रिटमा आज पेसी
काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको छ । हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए । कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । आज […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै महाधिवेशन तयारी […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ । आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो […]
आज बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर […]
सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कोशीदेखि सुदूरपश्चिमसम्म को–को कहाँ ?
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । आयोगको पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय […]
राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच शीतल निवासमा के भयो छलफल ?
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको […]











