लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने रास्वपाको निर्णय

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा […]

नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले सुरु गर्‍यो कारबाही प्रक्रिया

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका निर्देशक […]

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।

दाइजो लिनु–दिनुमात्रै नभइ त्यसमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि दण्डनीय : उपसभामुख

काठमाडौं । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने बताएकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी हुन् । ‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी […]

अमेरिका-इरान शान्ति वार्ताको पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदीमा, सेना प्रमुख इरानमा

जेद्दाह । अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् । गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको […]

नेपालमा २ वायुको आंशिक प्रभाव : पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ। आज बिहीबारको मौसमको […]

ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्ने अधिकारमा अंकुश लगाउने प्रस्ताव अमेरिकी सदनमा पुनः विफल

वासिङ्टन डीसी। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्ने अधिकारमा अंकुश लगाउने उद्देश्यले ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटमा चौथो पटक पनि असफल भएको छ। यो प्रस्ताव पारित भएको भए संसदको पूर्वस्वीकृति बिना इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य कारबाही अगाडि बढाउन बन्देज लाग्ने थियो। रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा मतदान हुँदा प्रस्तावको विपक्षमा ५२ र पक्षमा ४७ मत […]

आजदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई […]

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा तीन सदस्यीय समिति गठन गर्नेदेखि २०६२/०६३ यताका उच्च पदस्थ कर्मचारी […]

जेनजी आन्दोलन : सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व […]