काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ । २४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि […]
Author: ननस्टप संवाददाता
प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफलको तयारी
काठमाडौँ । डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच चुनावी सहकार्यबारे छलफल हुने भएको छ । आइतबार साँझ प्रलोपा र उज्यालो नेपाल पार्टीका नेताहरूबिच आगामी निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल गर्न छलफल हुन लागेको हो । यसअघि रास्वपा र बालेन सहितको एकतामा जोडिने भनेका कुलमान अन्तिम समयमा छुटेका […]
निर्वाचन आयोगमा तीन दलले पेश गरे समानुपातिकतर्फको बन्दसूची
काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए […]
गाडी बुझाएर संसद् सचिवालयबाट बिदा भइन् उपसभामुख रानामगर
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् । सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । निजी सचिवालयले भने गाडी बुझाएको जानकारी आइनसकेको प्रवक्ता गिरीले रातोपाटीलाई जानकारी दिए । संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा […]
फागुन २१ को चुनाव नलड्ने पम्फा भुसालको घोषणा
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने चुनाव नलड्ने घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेतृ भुसालले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन् । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने जनाएकी छिन् । ‘फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा […]
सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता […]
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ […]
रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने काम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन्। उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले रवि लामिछानेसँग […]
आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने
काठमाडौँ । आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ। दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ।उम्मेदवारको बन्द सूची पेस गर्दा ऐनले तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई भनिसकेको छ। […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा […]











