काठमाडौं । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्याएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे […]
Author: ननस्टप संवाददाता
सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।
उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता
काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गरेका हुन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्। ‘उज्यालो नेपाल […]
२१ जिल्लामा मौसम विभागले दियो हावाहुरीको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको छ। महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति तराई तथा भित्री मधेसका जिल्लामा समेत हावाहुरीको चेतावनी दिएको हो। तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ र सतर्क रहन भनिएको छ। पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन […]
अस्वस्थ भएपछि प्रचण्ड गणतन्त्र दिवस समारोहमा अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिए । ‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो […]
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको […]
गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस भएपछि…
काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर […]
सङ्घीय संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य […]
आजको माैसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
आज नागरिक सर्वोच्चता स्थापित भएको ऐतिहासिक दिन, १९औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई […]











