‘यो संसद् सिमेन्ट र फलाम मात्र होइन, बलिदानको प्रतीक हो’ : प्रचण्ड

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद् व्यवस्था हजारौँ सहिदको बलिदान, आन्दोलन र संघर्षको उपलब्धि भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले अहिलेको संसद् केवल सिमेन्ट, इँट र फलामले बनेको संरचना मात्र नभई सहिदहरूको रगत र बलिदानको प्रतीक भएको बताएका हुन्। “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको […]

शीतल निवासमा राष्ट्रपति–सभामुख भेट, समसामयिक विषयमा छलफल

काठमाडौँ । रामचन्द्र पौडेल र डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिविधि तथा सरकारको नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा […]

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री हिँडेको बिषयमा कांग्रेस आक्रोशित, संसद्मा जवाफ माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको विषयलाई लिएर संसद्मा आपत्ति जनाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई धारणा राख्न समय दिएका थिए। प्रमुख सचेतक थापाले सोमबारको […]

बन्दुक देखाएर अपहरण गरेको आरोपमा श्रममन्त्रीका सचिवालय सदस्य पक्राउ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी गम्भीर अपराध मुद्दामा पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई प्रहरीले सोमबार राजविराजबाट पक्राउ गरेको हो। सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले मियाँलाई […]

धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँएर डरलाग्दो दुर्घटना, ३७ जना घाइते

धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा डरलाग्दो दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै […]

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न […]

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]

एसईई, २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ ।   राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड अर्थात् उत्तीर्ण भए। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख […]

आयोगले सरकारलाई पठायो सुकुमबासीहरूको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन (पूर्णपाठ)

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। सरकारले सुकुमबासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो। आयोगका प्रवक्ता एवं […]

समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी […]