साहित्यिक पत्रकार संघद्वारा पाँच सिर्जनकर्मी अभिनन्दित

साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् […]

जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको माओवादी नेता मल्लको आरोप

काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् । न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट […]

चाँगुनारायणको दुवाकोटस्थित गोल्डेन सुनगाभामा शैक्षिक प्रदर्शनी, ढिकीदेखि रोबोटसम्म

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीहरूले शुक्रबार शैक्षिक प्रदर्शनीमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्। विद्यालयमा भएको ‘शैक्षिक प्रदर्शनी’मा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले गणित, सामाजिक अध्ययन, कम्प्युटर, विज्ञान र पोषण (न्यूट्रिसन) जस्ता विषयसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका हुन् । प्रदर्शनीमा ढिकी, जाँतो, ठेकी, मदानी, खुकुरीजस्ता परम्परागत प्रविधिदेखि लिएर चालकविहीन […]

१५ अगस्टमा भारतको स्वतन्त्रता दिवस, गोवामा १९ अगस्टमा मात्र मनाइने यो हो कारण

काठमाडौं । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ । किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै १४ बर्ष पछि […]

भक्तपुरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्रांगणमा शुक्रबार भनपा–१ महिला समूहको आयोजनामा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो। तालिममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकासका लागि आधारभूत सीपको तालिम सञ्चालन गर्ने मान्यताअनुरूप तालिमबाट सिकेको सीप टोल समुदायको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै, ख्वप […]

चाँगुनारायणमा ‘एभोकाडो सिटी’ अभियानले राष्ट्रिय संदेश दिएको छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत […]

पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस काठमाडौस्थित दूतावासमा उत्साहपूर्वक सम्पन्न

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउने समारोह गर्दै मनाइएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार  राष्ट्रिय झण्डा फहराएका छन् । यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र […]

सानी चरीको गीत: चिनियाँ बाल परीकथा संग्रह लोकार्पण

काठमाडौँ । सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा संग्रह काठमाडौँमा लोकार्पण गरिएको छ। सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोगं, अनुवादक डा. सर्वोत्तम श्रेष्ठ, अरनिको समाज अध्यक्ष डा. सुशिल प्रजापतिसहितले पुस्तक सार्वजनिक गरे। डा. श्रेष्ठको सातौँ अनुवादित पुस्तक बालबालिकालाई लक्षित छ। यसमा सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको […]

वरिष्ठ साहित्यकार दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं ।वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’ काठमाडौंमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार तथा साहित्यकार, हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो औपचारिक रूपमा स्विच–अन गर्दै विमोचन गरियो। गीतलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर र […]

अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि

भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]