अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]

चीन भन्छ- अब मानवले होइन, रोबोटले युद्ध गर्छ

बेइजिङ, न्यूजकारखाना । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ।  हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए। ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो। यसै प्रयासको […]

नेपाल प्रहरीमा ३५ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका ३५ जना अधिकृत दर्ज्यानी चिन्हले सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना […]

यसरी घटाउन सकिन्छ वायु प्रदुषण

नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले […]

स्वस्तिकले सर्वसाधारण लगानीकर्ताका लागि यसै महिना आईपीओ खोल्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई अवसर दिइँदैछ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ […]

जम्मु कश्मीरमा भारत जवाफदेही हुनुपर्नेमा जोड, नेपाललाई मध्यस्थता गर्न सुझाव

काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ।  गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]

सम्भावना होइन, पहिचान बन्दै चाँगुनारायणमा एभोकाडो सिटी अभियान- प्रचण्डले समापन गर्ने

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ को सपना साकार बन्दै गएको छ। ‘एक घर, दुई बोट एभोकाडो’ नारासहित सुरु गरिएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अहिले आफ्नो तेस्रो तथा अन्तिम वर्षमा थप सक्रियताले सफलतातर्फ अघि बढिरहेको हो । तेस्रो चरणको वृक्षारोपण कार्यक्रम चाँगुनारायण–८ चरेलीबाट शुरु भएको थियो । यस क्रममा अघिल्लो वर्ष एभोकाडो बिरुवा नपाएका […]

लालगोपाल सुवेदीको लामो कवितामाथि शास्त्रार्थ

काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा अगस्ट दुई तारिक शनिबारका दिन जुम हलमा कृति शास्त्रार्थ (परिचर्चा) कार्यक्रम सम्पन्न भयो । लालगोपाल सुवेदीद्वारा लिखित चेतन-प्रवाहमा सारेगमप ( लामो कविता ) माथि विमर्श गरिएको उक्त कार्यक्रममा सहभागी सबैलाई विशिष्ट अतिथिका रूपमा संबोधन गरी समभावपूर्वक सम्मान व्यक्त […]

यस्ता छन् माओवादी केन्द्रको स्थायी समिति बैठकका २६ निर्णय

 गत शुक्रबार देखि चारदिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको बताइएको छ । विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी […]

सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ लोकार्पित

प्रधानमन्त्री निवास, बालुवाटारमा पूर्व प्रमुख निर्वाचन आयुक्त एवं पूर्व राजदुत सूर्यप्रसाद श्रेष्ठको कृति ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ को हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरेका छन् । सो कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक डा. गोपालकृष्ण सिवाकोटी, महिला अधिकार अभियन्ता मोहना अन्सारी र संविधानविद् प्रा.डा. विपिन अधिकारीले आआफ्नो समीक्षामक मन्तव्य राखेका थिए । कार्यक्रममा […]