सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]
Author: Nonstop Khabar
युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता
ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]
डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य
दिर्घ बहादुर शाही, डोल्पा । नेपालको कर्णाली प्रदेशकाे हिमाली जिल्ला डोल्पामा अझै पनि दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्रीसम्मको आश्रय नेपालगन्ज हो । डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण पहाडी बाटो हुँदै डोल्पामा पुग्न संघर्ष गरिरहेका छन् । फोटोमा देखिएझैं, खोलाको छेउमा ट्रकहरू उभिएका छन् । एउटामा सिमेन्ट, अर्कोमा ग्यास सिलिन्डर, अर्कोमा फलामका रड र खाद्यान्न सामग्रीहरू छन् । यी […]
भारतीय बिदेश सचिवको ब्यवहारले महेश बस्नेत असन्तुष्ट
भक्तपुर । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको औपचारिक भेटमा देखाएको व्यवहारलाई लिएर ओली निकट नेता नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्। मिस्रीले प्रधानमन्त्री ओलीसँग भेटवार्ताको क्रममा “उपरखुट्टी” लगाएर बसेको तस्बिर सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका हुन्। “हाम्रो संस्कृति […]
मालिका मावि नर्कुको सामाजिक परिक्षण सम्पन्न
मुड्केचुला (डोल्पा) । मुड्केचुला गाउँपालिका–६, डोल्पास्थित श्री मालिका माध्यमिक विद्यालय नर्कुले २०८०/८१ आर्थिक वर्षमा उल्लेख्य बजेट परिचालन गरेको छ। विद्यालयको खातामा गत वर्षसम्म १५ लाख १३ हजार ८३५ रुपैयाँ बचत रहेकोमा चालु आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा जम्मा एक करोड २९ लाख ६८ हजार ६५२ रुपैयाँ रहेको विद्यालयले जनाएको छ। यस बजेटमा शिक्षक–कर्मचारीको तलब भत्ता […]
भक्तपुरमा ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो’ शुरु
भक्तपुर । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूका लागि भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु भएको छ। भक्तपुरको सूर्यविनायकस्थित आर्गस एजुकेशनमा भदौ १ देखि ३ गतेसम्म सञ्चालन हुने यस एक्स्पोले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, छात्रवृत्ति, र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गर्नेछ। कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका […]
प्रधानमन्त्री ओलीलाई औपचारिक भारत भ्रमणको निमन्त्रणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएका प्रधानमन्त्रीका प्रेस […]
कृष्णको अर्जुन बन्न तयार सांसद दुर्लभ थापा
भक्तपुर । भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भगवान श्री कृष्णको चेला अर्जुन जस्तै सत्य, न्याय , धर्म र मानव कल्याणका लागि लड्न तयार रहेको बताएका छन् । शनिबार श्री कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै उनले भने, “हामी राजनीतिकर्मीहरु अर्जुन बनेर लड्न तयार छौं, हाम्रो अर्जुन दृष्टि […]
प्रगतिको पथमा प्रतिभा ः विश्व नेपाली साहित्य महासङ्घ
गत बुधवार, विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाको आयोजनामा र इन्द्रावती छात्रावास काठमाडौंको सह-आयोजकत्वमा “प्रगतिको पथमा प्रतिभा” शिर्षकमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम छात्रावासका छात्राहरूको प्रतिभा विकासलाई लक्षित गरी आयोजना गरिएको थियो । यस कार्यक्रममा छात्राहरुले आफ्नोे प्रतिभा प्रस्तुत गर्ने मौका पाएका थिए । कार्यक्रम छात्रा रन्जिता राम्तेलले संचालनगरेकी थिइन् । छात्राहरुले आफ्नोे कविता, कथा, […]
साहित्यिक पत्रकार संघद्वारा पाँच सिर्जनकर्मी अभिनन्दित
साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् […]










