भोटेकोशी नदीमा बगेर युवक बेपत्ता

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन्। उनलाई आज बिहान ११:१५ बजेतिर नदीले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली खटिएको […]

लक्ष्मी सनराइजको ‘म्युचुअल फन्डमा’ तुलनात्मक घाटा

Laxmi sunrise

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलअन्तर्गत रहेका ६ वटा म्युचुअल फन्डहरूले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश फन्डहरूको नाफा अघिल्लो महिना (असार) को तुलनामा घटेको देखिन्छ । सनराइज फर्स्ट म्युचुअल फन्डले साउनमा ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो असारको १५ करोड […]

रौतहटमा चोरिएको ट्याक्टर सर्लाहीमा फेला

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको […]

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन्।   सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, […]

उखुकिसानले बिहीबार भुक्तानी पाउने

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान  वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा  गरेको हो ।  निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई […]

एमालेको दोस्रो विधान महाधिवेशनका लागि नारा तय

काठमाडौं । सत्तारूढ दल नेकपा(एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ। महाधिवेशनका लागि “निर्णायक राष्ट्रिय शक्ति निर्माण–हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली–हाम्रो गन्तव्य” भन्ने नारा तय गरिएको हो । भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ । ललितपुरको गोदावरीमा हुने महाधिवेशन प्रतिनिधिका लागि डिजिटल प्रवेश पासको ब्यवस्था मिलाइएको […]

भक्तपुरमा लागूऔषध ब्राउन सुगरका कारोबारी समातिए

भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । केदारचोकमा डेरा गरी बस्ने मोरङ कानेपोखरी-३ का ३० वर्षिय शरण राईलाई प्रहरीले दस ग्राम ब्राउन सुगरसहित सोमबार अपराह्न नियन्त्रणमा लिएको हो ।   पक्राउ परेका राई लागूऔषध कारोबारी समेत रहेका प्रहरीको आरोप छ । प्रहरी वृत्त थिमिका डिएसपी नवराज […]

झुटा समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न खोजियो- वाग्ले

swarnim wagle

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतसंग सीमासम्बन्धि विवाद गर्नु नहुने र भारत नेपालको भाग्यविधाता भएको भनेका भ्रमपूर्ण सामाग्री सामाजिक संजालमा भाइरल भएका छन् । यस्ता अभिव्यक्ति आफूले नदिएको उनले स्पष्ट पारेका छन् ।  क्यानाडाको नियगरा फल्सबाट मंगलवार फेसबुक भिडियो पोस्ट गर्दै वाग्लेले आफू डिप फेक (deepfake) प्रविधिको सिकार भएको खुलासा […]

सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]

माओवादीका सचिव भन्छन्, “सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ”

सिन्धुली । नेकपा(माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले समस्याग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । उनले सञ्चालकको सम्पत्ति र सहकारीहरूको भौतिक सम्पत्तिको छानबिन गरेर लगानी डुब्दै गरेका पीडितहरूलाई दिनुपर्ने बताएका हुन् । लगानी डुबेका बचतकर्ताहरुको समस्याप्रति सरकार गम्भीर नभएको उनको आरोप छ । सोमबार जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको […]