हरिद्वारमा भागदौड मच्चिदाँ गयो आधा दर्जन ज्यान

हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ ।  सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।  गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह […]

भक्तपुर अस्पतालमा मिर्गौलाको पथ्थरी पनि झिकिने, सफल शल्यक्रियापछि सांसद श्रेष्ठ डिस्चार्ज

भक्तपुर । मिर्गौलामा पथ्थरी भएकाले भक्तपुर अस्पताल भर्ना भएका बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर आइतबार डिस्चार्ज भएका छन् । शुक्रवार उनको मिर्गौलामा रहेको पथ्थरी निकालिएको र स्वास्थ्य अवस्था सामान्य भएसंगै आइतबार उनलाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताए । युरोलोजिष्ट डा सुरोज गिरी नेतृत्वको टोलीले शुक्रवार सांसद श्रेष्ठको सफल शल्यक्रिया […]

वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपाल प्रतिनिधि त्वायनाले पाए रजत पदक

उज्बेकिस्तान । जुलाई २३ देखि २७ सम्म उज्बेकिस्तानको ताशकेंट शहरमा सम्पन्न ‘वर्ल्ड यूथ सभात च्याम्पियनशिप प्रतियोगिता’मा नेपालको प्रतिनिधित्व गरेका बसील त्वायनाले ऐतिहासिक सफलता प्राप्त गर्दै रजत पदक जित्न सफल भएका छन्। ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले प्रतियोगिताको दोस्रो दिन लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका खेलाडी […]

अन्ततः एमालेले म्याँउ गर्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। शहिद शिक्षक स्मृति केन्द्र, सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले शिक्षासम्बन्धी विधेयक, शिक्षक आन्दोलन र पछिल्लो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको धारणा प्रष्ट पारे। उनले शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था संविधानले नराखेको भए पनि […]

फिल्म हिट हुनुमा शाहरुखको यस्तो अन्धविश्वास

मुम्बइ । शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् ।  अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो । कोयला ९० […]

थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव

बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ ।  थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भनेको छ कि […]

नेजाका अध्यक्ष भण्डारी भन्छन्, “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं”

Suraj Bhandari

काठमाडौ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले अमेरिकी गैरआवासीय नेपाली पत्रकारहरु नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक रहेका खुलासा गरेका छन् । “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं” शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका पदाधिकारीसंग छलफल गर्दै अध्यक्ष भण्डारीले भने, “लामो समय नेपालमा पत्रकारिता गरेर अमेरिकामा बसिरहेकाहरुको पत्रकारिताप्रतिको […]

जेठो अस्पताल वीरले गुण्डुमा मनायो स्थापना दिवस, १ हजार ४ सय ६४ स्थानीय लाभान्वित

भक्तपुर । सबैभन्दा जेठो काठमाडौस्थित वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिका- ७ गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा स्थानीय तथा आसपासका १ हजार ४ सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन्। २६ प्रकारका रोगको परीक्षण तथा उपचारको क्रममा एक व्यक्तिले एकभन्दा बढी सेवा […]

अख्तियारको एक वर्ष: ३७ हजार उजुरी, २२ स्टिङ अपरेसनबाट ३३ रंगेहात पक्राउ

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का लागि भ्रष्टाचारविरुद्धको कडा र व्यस्त अभियानको रूपमा चिनिएको छ। आयोगले एक वर्षभित्र झन्डै ३७ हजार उजुरीको अध्ययन, छानबिन तथा कारबाही अघि बढाएको छ। त्यसै आधारमा १३७ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिँदा करिब ६ अर्ब रुपैयाँ बराबरको बिगो माग गरिएको छ। उजुरी व्यवस्थापन […]

महाभारतकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

काभ्रे । महाभारत–७ निवासी जयमान घलानकी श्रीमती देव कुमारीलाई बनखु स्वास्थ्य चौकीले सुत्केरी गराउन असमर्थ भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरि काठमाडौ रिफर गरिएको छ। उनलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाली सेनाको हेलिकप्टरबाट देवकुमारीलाई काठमाडौं रिफर गरिएको जानकारी दिए । […]