सूर्यविनायकका मेयरलाई बालुवाटार बोलाएरै प्रधानमन्त्री ओलीले दिए निर्देशन

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीमा नयाँ रंगशाला निर्माणको लागि आवश्यक जग्गाको उपलब्धताबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई बालुवटार बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न छलफलमा ओलीले हालको दशरथ रंगशाला सानो भएकाले नयाँ, ठूला क्षमता भएको रंगशाला निर्माणको आवश्यकता औंल्याउदै सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा छलफल अघि बढाएका हुन् […]

तीन वर्षे बालकले पत्ता लगाएका करोडौंको खजाना

काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्। धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ । एउटा सानो […]

अख्तियार प्रमुखलाई महाअभियोग लगाउन सुशासन समितिकी सभापतिको माग

kamala panta

काठमाडौ । नेपाली कांग्रेसकी सांसद एवं राष्ट्रिय सभा अन्तर्गत ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति कमलादेवी पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारको निर्णय प्रक्रियामा पूर्वसचिव राई संलग्न भए पनि उनीमाथि मुद्दा नचलाई चयनमुखी व्यवहार देखाइएप्रति  […]

कम्बोडियामा मानव बेचबिखन आरोपमा भारतीय र पाकिस्तानीसहित ३ हजार बढी पक्राउ

न्यूजकारखाना, काठमाडौं । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ । कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ।  गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म […]

कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?

sher bahadur deuba

ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]

आफूहरूलाई कार्वाही गर्न आइजीसंग ट्रक ब्यवसायीकै आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र […]

सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ

काठमाडौ‌ । सुन्दर मिलनको क्षण रातमा छ  त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए […]

श्रीमतीको ज्यान लिएको आरोपमा श्रीमान पक्राउ

सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

शंखधर चोक–दक्षिण बाराही मन्दिर मार्गमा ट्राफिक संकेत स्थापना

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुर थिमिको शंखधर चोकदेखि दक्षिण बाराही मन्दिरतर्फ जाने मार्ग अन्तर्गत हनुमन्ते खोलाको पुल क्षेत्रमाचार पाङ्ग्रे सवारी साधनलाई एकतर्फी रुट व्यवस्था लागू गर्दै ट्राफिक संकेत बोर्डहरू राखिएको छ। त्यस्तै, थिमिको शंखधर चोकबाट ब्यारीला हुँदै बालकोट नयाँ बस्ती जाने बाटो साँघुरो भएकाले उक्त सडकलाई समेत […]

चार स्रष्टालाई १ लाख राशिको विपी कोइराला राष्ट्रिय पुरस्कार

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार विशिष्ट स्रष्टालाई ‘विपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयोजित कार्यक्रमअन्तर्गत नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरणपछि सम्बोधन गर्दै […]