सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ ।

साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, सुन्धारामा बिहान १० बजे सुरु हुने बताइएको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्दैछ । तसर्थ, मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।