
काठमाडौँ । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका १५ जनामा एकजना मात्र काठमाडौ उपत्यकाको स्थायी बासिन्दा रहेका छन् । अन्य एकजना भारतीय र बाकी सबै उपत्यका बाहिरका जिल्लाबासी रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरू २१ देखि ४१ बर्ष उमेर समूहका छन् । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार उनीहरूलाई दसी प्रमाणसहित प्रक्राउ गरिएको छ । “पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको छ।” प्रहरी उपरीक्षक भट्टराईले भने ।






