भक्तपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]
Author: Nonstop Khabar
सालको रुख ढल्दा दुईको निधन, तीन बालबालिका घाइते
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो अचानक आएको हावाहुरीसहितको मुसलधारे वर्षाले ठूलो दुर्घटना निम्त्याएको छ। वर्षाबाट जोगिन नजिकैको गोठमा आश्रय लिएका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेको प्रहरीले […]
चाँगुनारायणमा पहिलो राष्ट्रिय कोदो दिवस, पाँच पत्रकार पुरस्कृत
भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय […]
१५ प्रतिशत छात्रवृत्तिप्रति एनप्याब्सनको आपत्ति
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको एक संगठन नेसनल प्याब्सनले नयाँ विद्यालय शिक्षा ऐनमा प्रस्ताव गरिएका केही व्यवस्थाप्रति आपत्ति जनाएको छ। शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत एनप्याब्सनले नयाँ ऐनमा समावेश गर्न लागिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको बाध्यकारी व्यवस्था हटाउन माग गरेको हो। एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षा ऐनको खाका संविधानको मर्म, वर्तमान यथार्थ र निजी […]
मोर्गनमा महानगरको अनुगमन, व्यापक अनियमितता देखिएपछि तीनदिने अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ। बिहीबार सम्पन्न उक्त अनुगमन महानगरका विभिन्न विभागहरुको संयुक्त टोलीले गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको सो निरीक्षणमा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता भेटिएको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए। उनका अनुसार, विद्यालयलाई २२ वटा विषयसँग सम्बन्धित आवश्यक कागजात तीन दिनभित्र […]
बागमतीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘निरोगी नेपाल बनाऔं’
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे । सो अवसरमा […]
आफूमाथि भ्रष्टाचार मुद्दा नभई प्रतिशोध र पूर्वाग्रह भएको पूर्वप्रधानमन्त्री नेपालको भनाइ
पूर्वप्रधानमन्त्री माधव नेपालको भनाइ : “राजनीतिक प्रतिशोधस्वरूप मलाई मुद्दा लगाइएको हो” काठमाडौं, १६ साउन — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्पष्ट शब्दमा भने, “यो सबै राजनीतिक षड्यन्त्र हो। कुनै पनि भ्रष्टाचारको कुरा […]
महावतार नरसिंहाबाट उत्साहित निर्माताले बिष्णुका दशै अवतार चलचित्रमा उतार्ने
काठमाडौ । भारतीय साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]
विद्यालय हिडेका दुई किशोरी दुईदिनदेखि सम्पर्कबिहिन
म्याग्दी । मंगला गाउँपालिका–४ का दुई किशोरी दुई दिनदेखि सम्पर्कबिहिन भएका छन्। स्थानीय महेन्द्ररत्न माविको कक्षा ८ मा पढ्ने १४ वर्षीया सञ्जु विक र १३ वर्षीया सपना विक बुधबार बिहान विद्यालय जान भनी निस्किए पनि त्यसयता सम्पर्कमा छैनन् । उनीहरू बुधबार निर्धारित समयमा घर नआएपछि खोजीनीति गर्दा विद्यालय पुगेका थिएनन् भन्ने जानकारी पाएपछि परिवारमा चिन्ता […]











