काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक सत्ता संघर्ष सतहमा आएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेसँगै, अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाइएको छ। काठमाडौँमा असार १४ र १५ गते आयोजित राष्ट्रिय भेलाबाट लालवीर सर्वसम्मत अध्यक्ष घोषित भएका हुन्। पार्टी सांसद अरुणकुमार चौधरीका अनुसार डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको, पार्टी नेतृत्व […]
Author: Nonstop Khabar
बलिउड अभिनेता राजकुमार रावले गरे आत्मसमर्पण, कारण यस्तो
मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित […]
दरमखोला हाईड्रोको आईपीओ सर्वसाधारणका लागि खुला
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति […]
माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा
माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]
आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा
काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ । साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]
महोत्तरी र सर्लाही सम्पर्क समितिका पदाधिकारीलाई प्रमाणपत्र, प्रचण्ड भन्छन्- अर्को अभियान’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सर्लाही–-काठमाडौं एवं महोत्तरी–काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ। प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले मधेसमा पार्टीको बलियो जनाधार भएपनि जनाधारलाई मतमा […]
कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले बहुमत प्राप्त गर्दै प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गरेका हुन्। ३७ जना कांग्रेस सांसदमध्ये २२ मत प्राप्त गर्दै बानियाँ विजयी भएका छन् । लामाले १४ मत प्राप्त गरे भने १ मत बदर भएको छ । […]
प्रधानमन्त्रीसहित १६ बिरुद्ध प्रहरीमा उजुरी
सिन्धुलीका युवराज ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । उनले जिल्ला प्रहरी परिसर, काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन्, जसमा पदको दुरुपयोग गर्दै मानव तस्करी जस्तो संगीन अपराधमा संलग्न भएको जिकिर गरिएको छ । उक्त उजुरीमा वर्तमान प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा […]
भण्डारी अधैर्य भएको महासचिव पोखरेलको भनाइ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् । बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रपति बनाउने समयमा भने उमेर र क्रियाशीलका […]
पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने
भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् । भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति […]











