काठमाडौं । भदौ २४ गतेको आगलागी घटनापछि स्थगित रहेका सबै मुद्दा प्रक्रिया अब पुनः चल्ने भएका छन्। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंगलबार (असोज २८ गते) बाट रिटसहित नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा जेनजी आन्दोलनका क्रममा आगो लगाउँदा झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। ती पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने […]
Author: Nonstop Khabar
एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने
भक्तपुर । नेकपा (एमाले) ले ११ औं महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको नेता महेश बस्नेतले बताए। मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्ने उनले बताएका छन् भदौ २३–२४ को […]
लेखा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम पारित गराउने क्रममा रिसवत लिएको र सो रकम आफ्नो कार्यकक्षमै लुकाइराखेका थिए। सूचना र उजुरीको आधारमा टंगालस्थित अख्तियारको टोलीले […]
चीन निकट मानिने माओवादी नेता महरा पुन: पक्राउ
काठमाडौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादु महरा पुन: पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पुन: पक्राउ परेका हुन् । सीआईबीले उनलाई प्रकाउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरेका छन् । यस अघि पनि भेप प्रकरणको अनुसन्धानमा पक्राउ गरी महरालाई तारिखमा छाडिएको थियो । सभामुख रहेका बेला पनि […]
नेपाललाई एक रनको रोमाञ्चक जित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्स चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको प्रतिस्पर्धी योगफल तयार पारेको थियो। लक्ष्य […]
प्रायोजित र भ्रामक प्रचारको माओवादी केन्द्रद्वारा खण्डन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूविरुद्ध केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रायोजित, असत्य र चरित्रहत्या गर्ने सामग्रीहरूप्रति फैलाइएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ। संयोजक प्रचण्डको सचिवालयका तर्फबाट उनका प्रमुख स्वकीय सचिव एवं केन्द्रीय सदस्य गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित […]
इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]
पूर्व न्यायाधीश घिमिरेलाई पितृशोक
सर्लाही । उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ घिमिरेलाई पितृशोक परेको छ । उनका पूजनीय पिता पण्डित घननाथ घिमिरेको ९७ वर्षको उमेरमा असामयिक निधन भएको हो । रामेछापको बाबियाखर्क जन्मोथलो भएका समाजसेवी घिमिरे समाजको आदर्श पण्डित र तत्कालीन सरकारको शिक्षा निरीक्षक रही विभिन्न जिल्लामा सेवा पुर्याएका थिए । शिक्षा, धर्म र सस्कृतिको माध्यमबाट समाजमा सेवा पुर्याएका […]
भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ
भक्तपुर । दिउँसै मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना बढ्न थालेपछि भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ शुरु गरिएको छ । छ लेन सडकमा शनिबार ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाइ गरेको हो । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले सवारी दुर्घटना बढ्न थालेपछि साँझबाट गर्दै आएको मापसे चेकिङ दिउँसो पनि […]
एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो । अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक […]











