सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन

CTEVT

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् ।   परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ ।  उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]

भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन

भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल  भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् । करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई […]

हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव फेला

भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो ।   जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]

एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक

काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]

मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टी हित विपरीत प्रयोग हुनु हुँदैन : अध्यक्ष ओली

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने बताएका […]

सानिमाको नाफा १ वर्षमा साढे २ अर्ब, प्रति सेयर कति?

काठमाडौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ […]

‘फौजदारी कानुन र फौजदारी न्याय’ सार्वजनिक कार्यक्रममा न्यायाधीश भ्रष्ट भएका भन्दै चिन्ता

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा वरिष्ठ अधिवक्ता प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीको संयुक्त लेखनमा प्रकाशित पुस्तक ‘फौजदारी कानुन र फौजदारी न्याय’ शनिबार सार्वजनिक गरिएको छ। सो पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका संविधान सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कानुनमा के […]

दुई दिनमा चार दर्जन बलुचिस्तानी बिद्रोही मारिएका पाकिस्तानको दावी

इस्लामबाद, । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेको दावी गरेका छन्।  पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो। झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७–८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८–९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका […]

आज गाईजात्रा मनाइँदै

काठमाडौं । आज नेपालभर गाईजात्रा पर्व मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यो दिन सार्वजनिक बिदा दिइएको छ। गाईजात्राको परम्परा विक्रम संवत् १६४१–१६६४ मा राजा प्रताप मल्लका पालादेखि सुरु भएको मानिन्छ। ऐतिहासिक तथ्य अनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा डुब्दै गइन्। महारानीलाई सान्त्वना दिनका लागि उनले उपत्यकाका प्रजाहरूलाई मान्छे मरेको घरबाट […]

आज रक्षा बन्धन र जनै पूर्णिमा मनाइँदै

काठमाडौं । आज साउन शुक्ल पूर्णिमाका दिन देशभर रक्षा बन्धन र जनै पूर्णिमा धुमधामका साथ मनाइँदैछ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका यी दुवै पर्वले नेपाली समाजमा भाइचारा, सुरक्षाबोध र आस्था सुदृढ गर्ने मान्यता राख्छन्। जनै पूर्णिमामा वैदिक परम्परा अनुसार विशेष गरी ब्राह्मण, क्षत्रीय तथा वैश्य वर्गका पुरुषहरूले विगत एक वर्षदेखि लगाएको पुरानो जनै फेरेर […]