काठमाडौं । वर्षौ पहिले प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने भएका छन् । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने भएका हुन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुले अन्तिम पटक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको […]
Author: Nonstop Khabar
पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पश्चिम बंगालतिर
काठमाडौँ, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान […]
थारु नाचको संरक्षण गर्न आयोजना गरिएको भडछा महोत्सव सम्पन्न
सैनामैना, १२ माघ । रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएका छन् । रातिमा सुरु भएर राति नै सकिने ११० औँ भडछा महोत्सव शनिबार सम्पन्न […]
काठमाडौंको शान्तिनगरबाट ८ जुवाडे पक्राउ
काठमाडौं १२ माघ । काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।
शीर्षक बदलेर झन् बढी सुविधा: मेयरलाई ४७, अध्यक्षलाई ४२ हजार पुर्याइँदै
काठमाडौँ, १२ माघ । पाल्पाको निस्दी गाउँपालिकाले जनप्रतिनिधिका लागि किनेको मोटरसाइकल । एउटै मोटरसाइकलको ४ लाख ८५ हजार पर्छ । यो गाउँपालिकामा कर्मचारीभन्दा सवारीसाधन धेरै छन् । कान्तिपुर पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसमेत छाडेका छन् । उनीहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका […]
पूर्वराष्ट्रपतिले भने भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ
भक्तपुर, १२ माघ । नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् । शनिवार भक्तपुरमा ‘रवीन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन’ को दशौ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रास्ट्रपति यादवले […]
दिपक मनाङ्गेलाई थुनामा, कुटाइ खाएको भन्दै उजुरी हाल्ने मिलन गुरुङ पनि पक्राउ
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । […]
अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्रदर्शन
एजेन्सी, इराकमा अमेरिकी सेना हटाउन माग गर्दै दशौँ लाख मानिस सडकमा उत्रेका छन्। शुक्रबार राजधानी बगदादमा विशाल प्रदर्शन भएको छ। सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको थियो। अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ। इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प […]
राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा परिमार्जनसहित अघि बढ्छौं-प्रचण्ड
नवलपुर, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट परिमार्जन सहित अनुमोदन हुने बताएका छन् । शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए । यसबारे पार्टीमा […]
प्याकुरेलले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ । उनले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । प्याकुरेल इन्सेकका पूर्व […]








