भक्तपुर, १२ माघ । नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् ।
शनिवार भक्तपुरमा ‘रवीन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन’ को दशौ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रास्ट्रपति यादवले चार लेनको हुने भनिएको मदन भण्डारी राजमार्गले चुरेको प्राकृतिक वातावरण बिगार्ने र कालान्तरमा त्यसले अन्नको भण्डारको रुपमा रहेको तराईमधेसलाई समेत मरुभूमि बनाउने बताए ।
“भूमि संरक्षण बिना अन्य संरक्षण कार्यको अर्थ हुँदैन यसर्थ हामी सबैले हाम्रो भूमिको भौतिक, प्राकृतिक,जैविक लगायत वातावरण बचाइराख्नुपर्छ ।” उनले भने । उक्त अवसरमा प्रथम रास्ट्रपति यादवले रवीन्द्र पुरीले कला र सस्कृती संरक्षण तथा शिक्षाको क्षेत्रमा आफ्नै सम्पत्ति दिएर शुरु गरेको फाउन्डेसनले गरेका कामहरू प्रसंशनीय रहेको भन्दै पुरीबाट समाजले सिक्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले पैसाको पछि दौडिरहेको समाजमा रवीन्द्र पुरीले आफ्नै ब्यक्तिगत सम्पतीलाई कला र सस्कृतीको संरक्षणमा लगाउनु एक उदाहरणीय काम भएको भनेका थिए भने शिक्षाविद् केदारभक्त माथेमाले रवीन्द्र पुरी फाउन्डेसनले शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएकोप्रती आभार प्रकट गरे ।
त्यसैगरी नेपालका लागि जर्मन राजदूतले रवीन्द्र पुरी फाउन्डेसन लाई आफ्नो देशको सदैव साथ र सहयोग रहने आस्वासन दिएका थिए ।कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजसेवी एवं संरक्षणविद रवीन्द्र पुरीले रवीन्द्र पुरी फाउन्डेसन एउटा सपना देख्ने र कर्म गर्ने प्लेट्फर्म भएको भन्दै यसले १० वर्षमा गरेका कामबारे बताएका थिए ।
उक्त अवसरमा पुरीले आफ्नो आगामी लक्ष्य ३ वटा हजार भएको भनेका थिए ।“रवीन्द्र पुरी फाउन्डेसनलाई हजार कर्मचारी काम गर्ने सस्थाको रुपमा विकास गर्ने, नेपाल भोकेसनल एकेडेमी मार्फत बर्षमा १ हजार शीपयुक्त जनशक्ति उत्पादन गर्ने र प्रत्येक वर्ष कम्तीमा १ हजार युवालाई बिदेशमा दुख पाउन जानबाट रोक्ने प्रतिवद्धता प्रकट गर्दछु ।” पुरीले भने । उक्त अवसरमा पत्रीका नमुना घर र कविता संग्रह रेड मूनको बिमोचन समेत गरिनुका साथै विविध मनोरञ्जनत्मक एवम सन्देशमूलक प्रस्तुती प्रदर्शन गरिएको थियो ।