काठमाडौँ, ११ माघ । काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको काष्ठमण्डपको ५५ प्रतिशत निर्माण काम सम्पन्न भएको दिन लगत्तै महानगर पालिकाका मेयर बिध्या सुन्दर शाक्यले आकस्मिक निरिक्षण गरेका छन ।
काष्ठमण्डप गएको माघ २७ गते विधिवत चारवटा मूल थाम (प्यंग था) ठड्या शुभारम्भ भएको हो । महाभूकम्पले जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तलाे भुइँ तल्ला छानाबाहेक निर्माणको काम सकिएको छ । बिहिबार काष्ठमण्डप पुनः निर्माण समितिलाई दोश्रो पटक पाँच करोड प्रदान गरिएको हो ।
काष्ठमण्डप पुनःनिर्माण निर्देशक समितिका संयोजक राजेश शाक्यले सो क्रममा भुकम्प प्रतिरोधात्मक नयाँ प्रबिधि प्रयोग गरिएको बारे जानकारी गराए । संयोजक शाक्यले प्राबिधिकले प्रस्ताब गरेको फलामको प्रयोगलाइ परम्परागत काठ प्रयोग गरि पहिला भन्दा केहि थप बलियो बनाउन लागिएको बारे अवगत गराए ।
सातौं शताब्दीमा बनेको काष्ठमण्डपको इतिहास प्रसिद्ध तान्त्रिक लीलाबज्र बज्राचार्य संग कुनै न कुनै सम्बन्ध रहेको बिस्वास गरिन्छ । पुननिर्माण भइरहेको काष्ठमण्डपमा समएमा नै काम सम्पन्न तथा कुनै बाध बेबधान नहोस भन्ने उदेश्यले शनिबार लिलाबज्रको आगम घर रहेको श्री खण्द तरुमूल महाविहार र काष्ठमण्डपमा बौद्ध धर्मावलम्बीले तान्त्रिक तथा बौधयानी परम्परा अनुसार बौद्ध धर्म ग्रन्थ नामसंगति ,प्रज्ञा पारमिता पाठ गरिएको छ ।