काठमाण्डौँ, १२ माघ । नव निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाको सपथ ग्रहण भोली विहान साढे नौ बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा एक भव्य कार्यक्रमका विच हुने छ । निर्वाचित सभामुखलाई राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउने छिन् । सभामुखको सपथ ग्रहण समारोहमा राष्ट्रपति सहित उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायधीस एवम प्रमुख प्रतिपक्षी […]
Author: Nonstop Khabar
विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ गीत रिलिज, (भिडियोसहित)
काठमाडौँ, १२ माघ । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार चलचित्रको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड […]
सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित
काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जुन प्रस्तावमा नेकपाकै देव गुरुङ, ओनसरी घर्तीमगर र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले सापकोटा निर्विरोध […]
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
काभ्रे, १२ माघ । त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार पाँच खालबाट धुलिखेल आउँदै गरेको बा ८५ प ६०२६ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा ४ […]
सिन्धुलीमा माइक्रोबस दुर्घटना एकको मृत्यु, थप विवरण आउन बाँकी
झापा, १२ माघ झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुली’मा दु’र्घटना भएको छ । आइतबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–२ बिपीराजमार्ग अन्तर्गत ढुङ्रेबज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
अमेरिकामा रहेकी उपप्रमुख दर्शनाले भनिन् ‘म हराएको छैन’
काठमाडौं, १२ माघ । तत्कालिन नेकपा माओवादीबाट तिला गुफा नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्। उनलाई गाउँलेहरु दन्ता भनेर चिन्छन् । तर, पार्टीमा भने उनी कमरेड दर्शना हुन् । पछिल्लो समय अमेरीका गएर लुकेको भन्दै चार्चमा आएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् । आफू बिरामी परेका कारण […]
रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग
काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी […]
खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ
काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सडक दुर्घटनामा परि दुबईमा एक नेपालीको मृत्यु
एजेन्सि। युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान […]
सकियो ओली–प्रचण्डबीच भेटवार्ता
काठमाडौं, १२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि […]




