रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग

काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ ।

शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी हुन् । आशाको परिवारको पनि आशा यही छ कि, ‘अब कालिकोटामा जन्मिने जो–कोहीले पनि उपचार अभावकै कारण आशालाई जस्तै दुःख भोग्नु नपरोस् ।’

शनिबार सयौं स्थानीयकाबीच सञ्चारकर्मीद्वय रवि लामिछाने, कर्णाली स्वास्थ्य विज्ञानका रजिष्टार विश्वराज काफ्ले, सामाजिक अभियान्ता रमेश प्रसाईलगाएतको टोलीले समयमै अस्पतालको सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उता चाइनिज हिरो ज्याकी होङले रास्कोट सामुदायिक अस्पतालको निर्माणको लागी २ करोड भन्दा बढी सहयोग गरेका छन ।

उनले कालिकोटको रास्कोट सामुदायिक अस्पतालको निर्माण का लागि २ करोड भन्दा बढी रबि लामिछाने फाउन्डेसनको खातामा २ करोड भन्दा बढी जम्मा गरेका छन । उनले अभियानमा जोडीन पाउदा खुशी लागेको र छिट्टै कालिकोटमा हस्पिटल सम्पन्न भएको हेर्न चाहेको बताए ।

Loading...