प्याकुरेलले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ । उनले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । प्याकुरेल इन्सेकका पूर्व […]

नेवाः फुटसल कासा हुने

काठमाडौं । नेपाल खड्गी सेवा समितिको आयोजनामा यही माघ १० र ११ गते नेवाः फुटसल कासा हुने भएको छ । समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको आयोजकले ननस्टपखबरलाई जानकारी दिएका छन । कासामा प्रथम […]

नेपालमा पनि कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर […]

नाम मात्रैको प्रतिपक्ष, सत्तासीन नेकपा एकलौटी विजयी

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ। प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। […]

तरकारीको भाउ गत वर्षको तुलनामा ३४४ प्रतिशतसम्म महँगो

काठमाडौँ, १० माघ। असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार […]

लाखौ युवा रोजगारी नपाएर खाडीमा भासिँदै, कर्मचारी अभावमा स्थानीय सरकार

काठमाडौं, १० माघ । एकातिर लाखौ युवा रोजगारी नपाएर खाडी भासिँदैछन् भने ९ महिनाअघि कर्मचारी समायोजनका क्रममा साढे ९९ हजारभन्दा धेरै कर्मचारी समायोजन गरिएको भएपनि कर्मचारीको अभाव कायमै रहेको छ । अहिले पनि स्थानीय तहहरुमा ३८ हजार ४० कर्मचारी अभाव छ । प्रदेश २ को जनकपुरधाम उपमहानगरपालिको शिक्षा शाखामा कर्मचारी दरबन्दी सात जनाको छ । […]

जितपुरमा बस दुर्घटना हुँदा २७ जना घाइते

खोटाङ, १० माघ । खोटाङ्गबाट उदयपुरको गाईघाट जादै गरेकोे बस उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । गाइघाटबाट खोटाङ्ग जाँदै गरेको म १ ख १७४० नम्बरको बस र खोटाङ्गबाट गाईघाट आउँदै गरेको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । बसका चालक त्रियुगा नगरपालिका ३ का सुरेश खड्का, खोटाङ […]

उखु मिलको कारोबार रोक्का गर्न राजश्व विभागलाई निर्देशन

काठमाडौं, ९ माघ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ । लामो समयदेखि किसानको भुक्तानी नदिएका उद्यमीलाई पक्राउ गर्नेदेखि आर्थिक कारोबार रोक्कासम्मको कदम चालिएको सरकारले जनाएको छ । सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । उखु […]

भ्रष्टाचारको सूचीमा नेपालको स्थान सुधार, भ्रष्टाचार कम हुने देशमा डेनमार्क

काठमाडौं, ९ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा […]

सामान्य विवादपछि छुरा प्रहार गरेर साथीको हत्या

काठमाडौं, ९ माघ । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी […]