काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ । उनले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । प्याकुरेल इन्सेकका पूर्व अध्यक्ष हुन् । इन्सेकले आफ्ना पछिल्ला गतिविधिहरु एकोहोरो रुपमा अग्नि सापकोटा विरोधी बनाउदै गईरहेको छ ।
मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते प्याकुरेल राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त भएक थियो । यसअघि राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा पनि प्याकुरेल दुई वर्ष विज्ञ सल्लाहकार थिए ।