उखु मिलको कारोबार रोक्का गर्न राजश्व विभागलाई निर्देशन

काठमाडौं, ९ माघ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ । लामो समयदेखि किसानको भुक्तानी नदिएका उद्यमीलाई पक्राउ गर्नेदेखि आर्थिक कारोबार रोक्कासम्मको कदम चालिएको सरकारले जनाएको छ ।

सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रत भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गर्दै विभागलाई निर्देशन दिएको हो । ती उद्योग, मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश भट्टराईले बताए ।

उखु किसानसँग यी मिलले माघ सात गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए । यो सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो । यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेर सम्पर्कमा नआएका उद्योगीलाई सम्पर्कमा ल्याइदिन भनेको छ ।

सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले जम्मा १६ प्रतिशत मात्रै भुक्तानी पाएका छन् । सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले उखु किसानको वक्यौता रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसान फेरि आन्दोलित भएका छन् ।

Loading...