०६५ देखि ७१ सम्म प्लस टु पास नगरेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने

काठमाडौं । वर्षौ पहिले प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने भएका छन् । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने भएका हुन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुले अन्तिम पटक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ६५ देखि ७१ भएका परिक्षार्थिहरुले अन्तिम पटक परीक्षा दिन पाउने निर्णय गरेको हो ।

विभिन्न कारण धेरै मानिसहरु परीक्षा दिन नपाएर अड्किरहेकाले भन्दै अन्तिम पटक परीक्षा दिन पाउने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षा दिन चाहाने परीक्षार्थीहरुले आफुले पढेको विद्यालयमा सम्पर्क गरि फारम भर्नु पर्न हुन्छ । फारमको शुल्क ११ र १२ दुबैको लागि ६–६ सय तोकिएको छ ।

Loading...