ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम […]
Author: Nonstop Khabar
पौडी खेल्न खोलामा गएका दिदीबहिनीको निधन
जाजरकोट । पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । कुशे गाउँपालिका-७ स्थित समाकोट खोलामा पौडी खेल्न गएका उनीहरु मृत फेला परेका छन् । स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले […]
पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ […]
बढेको बढ्यै सुनको मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]
तत्काल शासकीय स्वरुप परिवर्तन गर्न नसकिने प्रधानमन्त्रीको प्रष्टाेक्ति
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकारले संविधान संशोधन वा शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन् । बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले जेन–जेड आन्दोलनका क्रममा उठेका राजनीतिक मागबारे प्रत्यक्ष कदम चाल्ने जिम्मेवारी आगामी निर्वाचनपछिको संसदकै हुने बताइन् । उनले भनिन्, “छ महिनाको म्याद पाएको यस सरकारलाई सबै आन्दोलनका माग […]
चाँगुनारायणमा चितुवाको आक्रमणबाट युवक घाइते
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, गुरुङटारस्थित बाल्मिकेश्वर सडक खण्डमा बिहीबार राति चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्। राति साढे १० बजेतिर आफ्नो व्यवसायबाट मोटरसाइकलमा घर फर्कँदै गरेका स्थानीय सुमन काफ्लेमाथि अकस्मात् चितुवाले आक्रमण गरेको वडाध्यक्ष श्यामकाजी नयाँजूले ननस्टपखबरलाई बताए । “चितुवासँग जम्काभेट हुँदा आक्रमण भएको हो। घाइते काफ्लेलाई तत्काल भक्तपुर अस्पताल पुर्याइएको छ। […]
ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा
ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष श्रेष्ठको छुट्टै प्रस्ताव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेलगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लिखित प्रस्ताव पेश गरेका छन् । ‘तरलतायुक्त परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा केही बुँदामा सहमति जुट्न नसकेकाले वैकल्पिक सुझावसहित राखिएको उपाध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले यसअघि पनि […]
प्रचण्डले गरे पार्टीमा सामुहिक नेतृत्वको प्रस्ताव, देशकै नेतृत्व माओवादीको जिम्मेवारी भएको जिकिर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा बसिरहेको छ । बैठकको शुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिलाई “शब्दातीत जटिल” भन्दै पार्टीलाई पुनः नवनिर्माण र देशको नेतृत्वमा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीमा सामूहिक नेतृत्वको प्रस्ताव गरेका छन् । उनले आफूले नेतृत्व हस्तान्तरण […]
नेप्सेमा कर्मचारीको आन्दोलन
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्दै आन्दोलन थालेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन अझ तीव्र बनेको छ। कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेको छ। कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, सीईओको कार्यकक्षमा […]










