“रक्तदान जीवनदान” को नाराका साथ गठित नेपालीहरुको संस्था ब्लड डोनर्स अफ अमेरिका, म्यासाचुसेट्स राज्य समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

नोभेम्बर १५ का दिन नेपाली कम्युनिटी सेन्टर पशुपतिनाथ बुद्ध फाउण्डेशनको भवनमा सम्पन्न उक्त अधिवेशनमा ‘मान्छेको शरीरको अपरेशन र रक्तदानको अन्तरसम्बन्धको महत्व ‘The Blood is a lifeline Behind Every Critical Surgery’ बारे हार्वर्ड विश्वविद्यालयद्वारा सन्चालित ‘बेथ इज्रेल डेकोन्स मडिकल सेन्टर’की डाक्टर स्मृद्धि बाँस्कोटाले एक वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी नेपालमा रक्तदानको इतिहासबारे चर्चा गर्दै कान्ति बालअस्पताल तथा युनिसेफमा डाक्टरीसेवामा रहिसकेका डा. हरिकृष्ण बाँस्कोटाले वृत्तचित्रसहितको विश्लेषणात्मक टिप्पणी राखेका थिए । उनले, नेपालमा सन् १९४० का बखत दयावीरसिंह कंसाकारले गरेको रक्तदानलाई नै पहिलो रक्तदान मानिन्छ भन्दै उनले रक्तदानको इतिहास खोतलेका थिए ।
संस्थाका अध्यक्ष राम थापाले अध्यक्षता गरेको अधिवेशनमा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष महेश्वर पन्त- प्रमुख अतिथि, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष विरोचन नेपाल- विशेष अतिथि, नेपाल सरकारका अवैतनिक वाणिज्य दूत प्रल्हाद केसी- अतिथि, नेपालका पर्यटन प्रवर्धक मिलन गुरुङ -अतिथि, प्यावफोन नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष ध्रुव घिमिरे -अतिथि, एनआरएनए अमेरिका म्यासाचुसेट्सका अध्यक्ष राजु गुरुङ- अतिथि, बोस्टन मेट्रो वेस्ट नेपाली समितिका अध्यक्ष सुरेश ढकाल- अतिथि, श्रीजनशील महिला समूह न्यूइङ्ल्याण्डका अध्यक्ष सानु बर्मा- अतिथि डा.राजकुमार पन्त- अतिथि, मगर समाजका अध्यक्ष- अतिथिका रूपमा थिए ।
बिडिएका आजीवन सदस्य खगेन्द्र रेग्मीको स्वागत मन्तव्य मार्फत शुरुआत गरिएको कार्यक्रममा सचिवको रिपोर्ट- सचिव चिरन्जीवि आचार्य, कोषको रिपोर्ट- कोषाध्यक्षका प्रतिनिधि, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय पाँचौँ अधिवेशनका कोष कोअर्डिनेटर थानिरत्न कँडेलले दिएका थिए ।
सचिवको रिपोर्ट दिँदै चिरन्जीवीले म्यासाचुसेट्समा हालसम्म १७२ आजीवन सदस्य रहेको बताए । उनले वरपर रहेका नरवुड हिमालयन लायन्स क्लव, बोस्टन मेट्रो वेष्ट नेपाली कम्युनिटी जीविएनसी, एनआरएनएजस्ता संस्थासगं मिलेर बिडिएले २०१० सालदेखि हालसम्म 1150-1200 पिन्ट ब्लड सङ्कलन गरी झन्डै 3500-3600 व्यक्तिको ज्यान बचाएको दाबी गरेका थिए ।
कोषाध्यक्षका प्रतिनिधिले कोषको रिपोर्ट सुनाउँदै सङ्कलनतर्फ – झन्डै डलरमा २१०००.०० सकंलन भएको र ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अधिवेशनको खर्च कटाएर अब खातामा ४,१०० डलर बाँकी हुन आएको बताएका थिए । उक्त रकम आजीवन सदस्यहरुबाट, संस्था र व्यक्तिहरुले दिएको दानबाट सङ्कलन भएको कुरा साधारणसभालाई जानकारी गराएका थिए ।
विशेष अतिथि संस्थाका उपाध्यक्ष विरोचन नेपालले ब्लड डोनर्स अफ अमेरिकाको इतिहासबारे सभालाई जानकारी गराएका थिए भने सभामा उपस्थित सबै अतिथिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि महेश्वर पन्तले कविता वाचनसहित रक्तदाताहरु र उपस्थित आजीवन सदस्य कार्यसमिति सबैलाई सम्बोधन गर्दै “सबैभन्दा ठूलो दान भनेको रक्तदान हो र कसैको ज्यान बचाउनका लागि यहाँहरूले प्रदान गरेको रक्तदानभन्दा ठूलो दान केही हुन सक्दैन । आजैबाट प्रण गरौँ कि सक्ने र मिल्नेले “म रक्तदान गर्छु” भन्ने नारा शुरु गर्न” भन्ने आग्रह गरेका थिए ।
उपस्थित आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र दिँदै प्रमुख अतिथि पन्तले सक्दो सबैलाई ब्लड डोनर्स अफ अमेरिकाको आजीवन सदस्य लिनुहुन र यस्को वेबसाईट www.blooddonorsofamerica.org भिजिट गरेर सहयोग प्रदान गर्नसमेत अनुरोध गरेका थिए ।
तत्कालीन अध्यक्ष राम थापाकै अध्यक्षतामा गठित निम्नानुसारको तेईस सदस्य कार्यसमितिको घोषणा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष विरोचन नेपालले गरेका थिए ।
अध्यक्ष- राम थापा
एक्जुकेटिभ उपाध्यक्ष- सुरेश ढकाल
उपाध्यक्ष- खगेन्द्र रेग्मी
उपाध्यक्ष- जालप्रसाद घिमिरे
महासचिव- चिरञ्जीवि आचार्य
सचिव- प्रकाश खनाल
कोषाध्यक्ष- हरिराज मैनाली
सदस्यहरु-
अलोनी अधिकारी
अस्मिता आचार्य
आयुष्मा घिमिरे
अञ्जु थापा
दामोदर उप्रेती
घनी न्यौपाने
लोक लामा
प्रभा गौतम
प्रमोद गौतम
रघु भट्टराई
राजन खतिवडा
रुपक अधिकारी
सुविना सुब्बा
शान्ता थापा
टङ्क पोखरेल
उमेष पनेरु
नयाँ पदाधिकारी तथा सदस्यहरुलाई ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष महेश्वर पन्तले कार्यकाल सफलताको शुभकामना दिँदै सपथग्रहण गराएका थिए ।
सभाका सभापति तथा पुनः नवनिर्वाचित अध्यक्ष राम थापाले कार्यक्रममा उपस्थित र नयाँ कार्यसमितिमा जोडिएका पदाधिकारी, पहिलादेखि जोडिएका, पुनः दोहोर्याएका पदाधिकारी, सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले विगतका आफ्ना केही अनुभव सुनाउँदै सबै व्यक्ति तथा सघंसंस्थासँग मिलेर काम गर्न आतुर रहेको कुरा बताए । अन्त्यमा सबैलाई साथ दिन अनुरोध गर्दै थापाले सभा विसर्जन गरेका थिए ।
कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका म्यासचुसेट्स राज्यले आयोजना गरेको मैत्रीपूर्ण रात्रिभोजपश्चात समापन भएको थियो ।







