अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने

काठमाडौँ, २० फागुन । अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने भएका छन् । राष्ट्रिय सभाको सदस्यको रुपमा खतिवडाको कार्यकाल आज फागुन २० गते सकिदै छ । यससंगै उनी स्वत सांसद र मन्त्री पदबाट बाहिरिने छन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिँदै छन्। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई […]

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ

काठमाडौं २० फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित भाइरसको आशंकामा सोमवार भर्ना भएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी […]

पाल्पाको तिनलाँकुरीमा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो

पाल्पा, २० फागुन । पाल्पामा मंगलबार बिहान भएको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको ज्यान गएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३२ बर्षिय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । तानसेन बाट रैनादेवि छहरा सर्देवा तर्फ ढुङ्गा लिन जाँदै गरेको लु २ […]

विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन

भक्तपुर २० फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले सकारात्मक व्यवहारका विकल्पहरु उपयोग गर्नु गराउन निर्देशन दिएको हो […]

इजलास कम हुँदा विशेष अदालतमा मुद्दाको चाप

काठमाडौँ, २० फागुन । इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ । इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका […]

कोरोना त्रास: आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर […]

कोरोनाभाइरसको प्रकोप: अमेरिकामा थप चारको मृत्यु

एजेन्सी, २० फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका […]

कोरोना त्रास: नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ […]

आज राष्ट्रियसभाबाट युवराज खतिवडासहित को–को हुँदैछन् बिदा हेर्नुहोस!

काठमाडौं २० फागुन, काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने […]