काठमाडौं, २१ फागुन । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल […]
Author: Nonstop Khabar
सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते
सुर्खेत, २१ फागुन । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो। दुर्घटनामा परी चारजना घाइते भएका छन् । घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी […]
सुनको मूल्य अहिलेसम्म कै उच्च
काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म […]
राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ
काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिनेमा […]
टिपर ठक्करबाट दुई को मृत्यु
विराटनगर, २१ फागुन । विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय […]
अर्थमन्त्रीमा पुनः डा. खतिवडा नियुक्त, आजै ४ बजे सपथ
काठमाडौं, २१ फागुन । अर्थमन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन […]
शैक्षिक विभेद हटाउन आकर्षक योजना
काठमाडौं २१ फागुन । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।गोरखापत्रमा शैक्षिक विभेद हटाउन आकर्षक योजना शिर्षकमा लक्ष्मण पौडेलले लेखेको खबर अनुसार मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई […]
राष्ट्रिय सभाका १८ सदस्यले आज शपथ लिंदै
काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नव निर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उनीहरुलाई शपथ गराउनेछन् । राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत […]
प्रधानमन्त्री ओली अप्रेसन थिएटरमा, पाँच घन्टामा मिर्गौला प्रत्यारोपणको काम सकिने
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । ओलीको बुधबार (आज )दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल […]
ऐतिहासिक बिद्यालय शान्ति शिक्षा मन्दिरले मनायो ७०औं वार्षिक उत्सव
काठमाडाैं । काठमाडौको मुटु ठंहिटिमा अवस्थित श्री शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो ७०आैं वार्षिक उत्सव सम्पन्न गरेको छ । प्रजातन्त्रको उदय सँगसँगै २००७ साल फागुन २० गते स्थापना भएको उक्त विद्यालय नेपालकाे एक ऐतिहासिक विद्यालय हो । ७०औं बार्षिक उत्सवका अवसरमा ईतिहासविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त […]









