सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते

सुर्खेत, २१ फागुन । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो।

दुर्घटनामा परी चारजना घाइते भएका छन् । घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर पठाइएको छ। मृतकमध्ये दुई पुरुष र एकजना महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन। घाइतहरुको पनि नाम थाहा हुन सकेको छैन। 

Loading...