ऐतिहासिक बिद्यालय शान्ति शिक्षा मन्दिरले मनायो ७०औं वार्षिक उत्सव

काठमाडाैं । काठमाडौको मुटु ठंहिटिमा अवस्थित श्री शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो ७०आैं वार्षिक उत्सव सम्पन्न गरेको छ । प्रजातन्त्रको उदय सँगसँगै २००७ साल फागुन २० गते स्थापना भएको उक्त विद्यालय नेपालकाे एक ऐतिहासिक विद्यालय हो ।

७०औं बार्षिक उत्सवका अवसरमा ईतिहासविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त विद्यालयबाट शिक्षा हासिल गरी राष्ट्रको महत्वपूर्ण पद तथा क्षेत्रमा पुग्न सफल पूर्व विद्यार्थी तथा २०३२ सालमा त्यसै विद्यालयबाट एसएलसी उतिर्ण व्यक्तित्व नेपाल सरकारका पुर्व सचिव रञ्जन कृष्ण अर्याल, सोही ब्याचकै पूर्ब विद्यार्थी तथा नेपाल सरकारको निसाना छापका डिजाईनर श्री नविन्द्रमान राजभण्डारी र २०३८ ब्याचका पुर्व विद्यार्थी तथा देशकै नमुना सामुदायिक विद्यालय ज्ञानोदय मा. बि., बाफलका प्रधानाध्यापक श्री नातिकाजी महर्जनलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै विगत लामो समयसम्म उक्त विद्यालयमा सेवा गरी निवृत्त जीवन बिताईरहनु भएका पुर्व शिक्षक शिक्षिकाहरु, विगत ३८ वर्षदेखि विद्यालयको सेवामा हालसम्म कार्यरत शिक्षिका नानिहेरा ब्रजाचार्य र ३५ वर्ष देखि सोहि विद्यालयको सेवामा कार्यरत कर्मचारी सानु बाबु थापालाई समेत सम्मान गरिएको थियो ।

वार्षिक उत्सवकै अवसरमा सामाजिक व्यक्तित्व तथा विद्यालयका पुर्व विद्यार्थी मचाकाजी महर्जनको अध्यक्षतामा ‘शान्ति शिक्षा मन्दिर मा वि पुर्व विद्यार्थी मञ्च’ गठन गरिएको छ । सो मञ्चका सदस्यहरुमा क्रमशः राधा श्रेष्ठ (२०४१ समूह), रजनी बज्राचार्य (२०३९ समूह), सागरिका मानन्धर (२०३९ समूह), लीला चौहान (२०७५ समूह), सजन बज्राचार्य (२०३९ समूह), मीरा श्रेष्ठ कायस्थ (२०३९ समूह), सुरेश रेग्मी (२०३९ समूह), राजु बज्राचार्य (२०३९ समूह) रहनु भएको छ । सो मञ्च गठन पश्चात मञ्चका संयोजक मचाकाजी महर्जनले विद्यालयले पूर्व विद्यार्थीहरुलाई सम्झेकोमा खुसी व्यक्त गर्दै मञ्चले विद्यालयको प्रगतिको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । साथै विद्यालयका प्रधानाध्यापक सुदाम गौतमलाई पुर्व विद्यार्थी मञ्चले कदर पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा काठमाडौ महानगरपालिका शिक्षा विभागका अधिकृत मोतिराज खनालले छोटो समयमा विद्यालयले उल्लेख्य प्रगति गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । विद्यालयबाट सम्मानित हुनुहुने पुर्व विद्यार्थी तथा नेपाल सरकारका पुर्व सचिव रन्जन कृष्ण अर्यालले सामुदायिक विद्यालयबाट आफु नेपाल सरकारको सचिव तहसम्म पुगेकोले सामुदायिक विद्यालयलाई भरोसा गर्नु पर्ने बताउनु भयो । मन्तव्यका क्रममा ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले सामुदायिक विद्यालय अब्बल भएको उदाहरण शान्ति शिक्षा मन्दिर मै अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल रन्जनकृष्ण अर्याल उदाहरण रहेको दृष्टिकोण राख्नु भएको थियो । त्यस्तै त्यसै विद्यालयका पुर्व विद्यार्थी तथा नेपाल सरकारको निशान छापका डिजाईनर नविन्द्रमान राजभण्डारीले शान्ति शिक्षा मन्दिरको ईतिहास गर्विलो रहेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले सबैको सहयोगले आज ७०÷८० जना विद्यार्थिबाट एकै वर्ष ३१० जना विद्यार्थी विद्यालयमा पठन पाठन गरिरहेको र निकट भविष्यमै विद्यालयले भौतिकका साथै शैक्षिक फड्को मार्दै जाने र त्यसको लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानिय सरकार तथा विभिन्न संघसस्थाको सहयोग रहेको बताउनु भयो ।

विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले विद्यालयमा वर्तमान प्रधानाध्यापकको उत्कृष्ट पहलमा विद्यालयको वातावरण राम्रो हुँदै गैरहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि ईतिहासविद् सत्यमोहन जोशीले विद्यालयलाई छोटो समयमा गरेको प्रगति प्रति गर्व गर्दै यस्ता सामुदायिक विद्यालयमा नेपाल भाषा र सस्कृतिको जगेर्ना गर्नु पर्ने कुरामा जोड दिदै समाजसेवी लक्ष्मिदास मानन्धरले शिक्षा तथा नेपाल भाषाको जगेर्नामा खेलेको अग्रणी भुमिकाको प्रशंसा गर्नु भएको थियो । विद्यालयको उक्त वार्षिक उत्सव कार्यक्रमको अवसरमा सल्लाहकार सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले स्व. आमाको नाममा ५१ हजारको र त्यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले स्व. श्रीमतीको नाममा २ लाख रकमको अक्षयकोष स्थापना गर्नु भएको छ । अन्तमा शताब्दि पुरुष सत्यमोहन जोशीलाई विद्यालयको तर्फबाट अध्यक्ष लक्ष्मिदास मानन्धर र पधानाध्यापक सुदाम गौतमले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो भने उपस्थित सम्मानित पुर्व शिक्षक तथा विद्यार्थिहरुले विद्यालयप्रति खुसी व्यक्त गरेका छन् ।

Loading...