चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व- पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक […]

समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]

कपिलवस्तुमा सडक निर्माणमा प्रयोगमा आएका ६ गाडीमा आगजनी

ठमाडौं, २२ फागुन । कपिलवस्तुमा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा सो आगजनी भएको हो । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा […]

कोरोनाभाइरस त्रास: भारतले निर्यातमा नियन्त्रण गर्ने संसारभरि औषधि अभाव हुने त्रास

औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव […]

सेयर बजारमा फेरि भीषण पहिरो

काठमाण्डौ, २१ फागुन । सेयर बजारमा फेरि भीषण पहिरो गएको छ । अर्थात नेप्सेमा लगातार गिरावट आएको छ । जानकारहरुका अनुसार अर्थमन्त्रीमा फेरी युवराज खतिवडानै नियुक्त हुँदा यस्तो अप्ठेरोे स्थिीती आएको हो । कतिपयले भने अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुनु, कोरोना भाइरसले अर्थतन्त्र थिलथिलो हुँदा त्यसको नकारात्मक असर पर्नु जस्ता कारणले बजारमा […]

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

काठमाण्डौँ, १ फागुन । कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी सञ्चालक नियुक्त भएका हुन् । उनलाई राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ गराएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक […]

पाल्पाको अर्गलिमा जिप दुर्घटना एकको मृत्यु ५ जना घाइते

पाल्पा, २१ फागुन जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप बुटवलबाट तानसेन हुँदै गुल्मी गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी […]

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए। ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, […]

संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन […]

काभ्रेकोमा बस दुर्घटना, ४४ जना घाइते

बनेपा, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था […]