पाल्पाको अर्गलिमा जिप दुर्घटना एकको मृत्यु ५ जना घाइते

पाल्पा, २१ फागुन जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप बुटवलबाट तानसेन हुँदै गुल्मी गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले जानकारी दिए ।

Loading...