कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

काठमाण्डौँ, १ फागुन । कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी सञ्चालक नियुक्त भएका हुन् । उनलाई राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ गराएका छन् ।

अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकको प्रवक्ता समेत रहेका निरौलासँग बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ। उनले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेरेका थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको ब्यवस्थापन समितिका सदस्य सचिव पनि हुन्।

Loading...