अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने

काठमाडौँ, २० फागुन । अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने भएका छन् । राष्ट्रिय सभाको सदस्यको रुपमा खतिवडाको कार्यकाल आज फागुन २० गते सकिदै छ । यससंगै उनी स्वत सांसद र मन्त्री पदबाट बाहिरिने छन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिँदै छन्।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनस् नियुक्त गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीज्युले अस्पताल जानु अगाडी सबै आवश्यक ब्यबस्था मिलाईसकेका छन, उनिनै अर्थमन्त्री हुन, सिफारिस भईसकेको छ, बुधबार सपथ हुन्छ ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान अनुसार प्रधानमन्त्रीले उनलाई नियुक्ति गरेको स्रोतले जनाएको छ । यस संगै खतिवडा कम्तिमा ६ महिना अर्थमन्त्रीको रुपमा रहने छन् । उनले नै आर्थिक वर्ष ७७र७८ को बजेट ल्याउने छन् ।

Loading...