पाल्पाको तिनलाँकुरीमा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो

पाल्पा, २० फागुन । पाल्पामा मंगलबार बिहान भएको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको ज्यान गएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३२ बर्षिय मधु मगरको घटनास्थलमै ज्यान गएको हो ।

तानसेन बाट रैनादेवि छहरा सर्देवा तर्फ ढुङ्गा लिन जाँदै गरेको लु २ ख १८५४ नम्बको ट्रिपर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खाली ट्रिपर सडक देखि अन्दाजी ३ सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

Loading...