काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]
Author: Nonstop Khabar
सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे
जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेपछि पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार दिउँसो पक्राउ पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेज्का […]
फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन
काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]
अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]
बढी मुल्यमा मास्क बेच्ने भक्तपुरको एक अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना
भकतपुर, ६ बैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची […]
गृहमन्त्रीकाे रिपोर्ट ‘कोरोना नेगेटिभ’
गृहमन्त्री रामबहादुर थापा’बादल’ को कोरोना भाइरस(कोभिड १९) परीक्षण गरिएको छ । शुक्रवार उनको कोभिड १९ परीक्षण भएको हो । परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । आरडीटी मार्फत कोरोना टेस्ट गर्दा उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालका चिकित्सकले गृहमन्त्रीको नमूना लिई र्यापिड डिटेक्सन किट मार्फत […]
जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग देउवाकाे माग
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनताहरुलाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने ब्यवास्था गर्न माग गरेका छन् । उनले सरकारसंग यस्तो माग गरेका हुन् । लकडाउनका कारण राजधानीबाट घर जान चाहने नागरिकबारे चासो देखाउदै सभापति देउवाले एकसाथ ३ ट्विट गर्दै शुक्रवार यस्तो माग गरे । सामाजिक संजाल ट्विटरमा उनले लेखेका […]
लकडाउन र महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे सरकारको ध्यानाकर्षण (पूर्ण पाठसहित)
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले महामारीका बेला प्रेसले झनै जटीलता व्यहाेर्नुपर्ने गरेकाे भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै समितिले भाइरसका कारण धेरै प्रिन्ट मिडियाहरु बन्द भएकाे तथा विद्युतीय सञ्चारमाध्यमहरु मुस्किलले सञ्चालन भइरहेकाे जनाएकाे छ । महासंघका कर्णाली प्रदेश समितिका महासचिव […]
नेता राजभण्डारीकाे निधन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको असमायिक निधन भएको छ । ह्दयघातका कारण उनको निधन भएको हो । सूर्यविनायक नगरपालिकाको कटुन्जे निवासी नेता राजभण्डारीलाई अकस्मात ह्दयघात भएपछि काठमाडौंस्थित शहिद गंगालाल ह्दय रोग प्रतिष्ठान पुर्याइएको थियो । बुधवार दिउँसो उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक श्रोतका अनुसार उनको […]











