प्रहरी पोशाकमा लगातार १२ घण्टा भन्दा बढी अन्धाधुन्ध गोली चलाएपछि १३ बढीको मृत्यु

काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् ।

गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । उनी दुई सन्तानकी आमा हुन् । यस्तै उनी रोयल क्यानडियन प्रहरीकी भेट्रान पनि हुन् । अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति गोलीकाण्ड सुरु भएको थियो । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले उललेख गरेको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

Loading...