अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम भए पनि उत्पादन कम गर्ने निर्णयमा ढिलाइ हुँदा तेलको मूल्य कम भएको हो ।

सोमबारको सुरुवाति कारोबारमा बेन्चमार्क वेस्ट टेक्सस इन्तरमिडिएट (डब्लुटिआइ) मा १९ प्रतिशतले कमी आएको हो । कच्च तेलको मूल्य प्रति ब्यारेल १४.७३ डलर पुगेको हो । केही समयपछि तेलको मूल्य १५.७८ डलर प्रति ब्यारेल पुगेको हो ।

Loading...