सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेपछि पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो ।

शनिबार दिउँसो पक्राउ पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेज्का आधारमा शनिवार उनीहरु पक्राउ परेका थिए ।

प्रहरीका अनुसार पक्राउ गरिएका उनीहरुलाई शंका लागि कोरोना टेस्ट गराउदा कोरोना पोजेटिभ पाइएको हो । उनीहरु उपर थप अनुसन्धान भैरहेकोजिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । र्यापिड किट मार्फत उनीहरुको परीक्षण भएको बताइएको छ ।

Loading...