यस किसिमका सवारी साधनले मात्र बिना पास गुड्न पाउने

     काठमाडौँ ।   जिल्ला प्रशासन कार्यालय काठमाडौँले लकडाउन अवधिमा सवारी व्यबस्थापनलाइ थप प्रभाबकारी बनाउने सिलसिलामा सवारी चेकजाँच र सवारी पास सम्बन्धि थप स्पष्टताका लागि सबै सरोकारवाला र सर्वसाधारणक लागि नयाँ व्यवस्था लागु गरेको छ ।
कार्यलायेले शनिबार सवारी पास सम्बन्धि जारि गरेको नयाँ सुचनामा निम्न किसिमका सवारी साधनलाइ सवारी पास नचाहिने भएको छ । —
१ – एम्बुलेन्स ,तरकारी /फलफुल / खाद्यान्न /औषधि /माक्स /पीपीइ लगाएत स्वास्थ्यजन्य सामग्री /पेट्रोलियम पर्दार्थ /       चल्ला दाना /अण्डा ढुवानी गर्ने सवारी साधनहरु ( बाहिरबाट देखिने गरि अत्यावश्यक वस्तु ढुवानी गर्ने तर यात्रु बोक्न  नपाइने ),डाक्टर /नर्स लगाएत सबै प्रकारका स्वास्थ्यकर्मीहरु / राष्ट्रिय अनुशन्धान लगाएत सबै सुरक्षा निकायका   सुरक्षाकर्मीहरुका सवारी साधन यस्ता सवारी साधन च्नालले आफ्नो परिचय खुल्ने आधिकारिक फोटो सहितको              परिचय पत्र साथमा अनिवार्य हुनु पर्ने भनिएको छ ।

२ – जिल्ला प्रशासन कार्यालयबात यस पुर्व जारि सात दिने सवारी पास ( सी न भएको ,पहेलो रंग )मा अन्यठ लेखिए पनि         सो पास लकडाउन अवधिभर मान्य भएको हुदा इ-पास लिनु नपर्ने
३ – इ-पास सम्बन्धि व्क्तिको मोबाइलमा म्यासेजको रुपमा घरैमा प्राप्त गर्न हुने भएकोले आस लिन किला प्रशासन                       कार्यालय आउन वा टेलिफोन गरि रहनु नपर्ने
४ – आकस्मिक आइपर्ने विरामी ,डायलाइसिस जस्तो संवेदनसिल उपचार र औषधि खरिद सम्बन्धमा नजिकको प्रहरी               इकाईमा समन्वय गरि आवस्यक कागजात र अवस्था हेरेर सुरक्षाकार्मीले आवश्यक सहयोग पुर्याउने
५ – लकडाउनको अवधिमा अत्यावस्यक कामको लागि नियमित डायलाइसीस गर्नु पर्ने मृगौलाका विरामी / किमोथेरापी             दिनुपर्ने क्यान्सरका विरामी , दिर्घ रोगिलाइ अस्पताल सम्म आवत जावत गर्नका लागि काठमाडौँ महानगर
        पालिका द्वारा व्यबस्था गरिएको नि:शुल्क एम्बुलेन्स ११८० नम्बरमा डाइल गरि लिन सकिने ।
६ -कोरोना भाइरसको बिरामीको हकमा १०२ मा डायल गरि नि:शुल्क एम्बुलेन्स सेवा लिन सकिने ।
७ – जुन प्रयोजनमा पास लिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेको अवस्थामा सवारी पास रद्द गरि कानुन                   अनुशार कारवाही समेत हुुने
८ – उल्लेखित विषयमा कुनै समस्या परेमा ट्राफिक प्रहरी महाशाखा ट्राफिक प्रहरी उअपरिक्षक जीवन श्रेष्ठ ९८५१०
       १६ ३१३ र ट्राफिक प्रहरी उपरिक्षक राजकुमार वैदार – ९८५११ २२ १३५ मा फिन गरि सेवा लिन सकिने 

       नयाँ ब्यबस्था रहेको छ ।

Loading...