काठमाडौँ महानगरको ३२ सै वडामा कोरना र्यापिड टेस्ट परिक्षण शुरु

   

काठमाडाैं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले नगरका सबै वडामा कोरना (कोविड १९) को र्यापिड टेस्ट परिक्षण सेवा सुरु गरेको छ । महानगरपालिकाले ३२ सै वडामा यस्तो परिक्षण सुरु गरेकाे हाे । महानगरपालिकाले पहिलो प्राथमिकतामा विदेशबाट केहीसमय अगाडि आएका ब्यक्तिलाइ दिएर परिक्षण गर्न थालेकाे छ । 

 

मेयर विद्यासुन्दर शाक्यले शनिवार महानगरकाे २३ वडा अन्तर्गत पर्ने वसन्तपुरमा रहेकाे परिक्षण क्याम्पको निरिक्षण समेत गरेका छन । साे क्रममा उनले संचारकर्मीसँग कुरा गर्दै भने, “यो प्रारम्भिक कोराेना परिक्षण हो । नगरवासी टोलछिमेकमा एक किसिमको डर त्रास छ सबैमा विस्वसनियता कायम गराउन हामीले गरेको यो प्रयास एक किसिमको सर्टिफिकेट सरह हुनेछ । आफ्नो परिवार तथा सिंगो महानगरलाइ भय  त्रासबाट मुक्त बनाउन मद्दत गर्ने छ । कोही कतै काेरोना संकास्पद देखिए सम्बन्धित वडा वा प्रहरी कार्यालयमा जानकारी दिएमा हामीले तत्काल दोश्रो स्तरको स्वाव परिक्षण गराउन जनस्वास्थ्य रोग नियन्त्रण महाशाखा टेकुमा परिक्षण गर्ने व्यवस्था मिलाएका छौ ।  

परिक्षण क्याम्पकाे अनुगमनमा पुगेकी महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले  ननस्टपखबरसँग कुरा गर्दै भनिन, ‘कोरोना महामारी बिरुद्धकाे यो लडाई हाम्रो साझा लडाई हो । सबै नगरवासीले जिम्मेवार ढंगले आफ्नो जिम्मेवारी पूरा गरी लकडाउन अवधिलाइ पालना गर्नुहुनेछ । म त्यसमा विस्वस्थ छु । तपाईहरु मध्ये केही राहत कार्यक्रम लगायत स्वयमसेवामा सहभागी रहनुभएको छ भने प्रत्येक वडामा खडा गरिएको परिक्षण सिविरमा गइ आफु तथा परिवारका सदस्यलाई परिक्षण गराउन पनि म अनुराेध गर्दछु । हामी सबै सुरक्षित रहनुपर्छ भन्ने उद्देश्यले याे प्रयास हामीले थालेका छाैं ।”

शनिबार सुरु गरिएको सो सिविरमा उपप्रमुख खड्गी, अन्य वडाका जनप्रतिनिधि सहित २ दर्जन भन्दा धेरैले अाफ्नाे परिक्षण पनि गराएका थिए ।  

Loading...