नेता राजभण्डारीकाे निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको असमायिक निधन भएको छ । ह्दयघातका कारण उनको निधन भएको हो ।

सूर्यविनायक नगरपालिकाको कटुन्जे निवासी नेता राजभण्डारीलाई अकस्मात ह्दयघात भएपछि काठमाडौंस्थित शहिद गंगालाल ह्दय रोग प्रतिष्ठान पुर्याइएको थियो । बुधवार दिउँसो उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पारिवारिक श्रोतका अनुसार उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि अस्पतालबाट आर्यघाट लगिदै छ ।

आर्यघाटमा उनीप्रति अन्तिम श्रद्धान्जलीका लागि नेकपा जिल्ला इन्चार्ज दिलिप प्रजापति, नेकपाका बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायत नेताकार्यकर्ता आर्यघाट पुगेका छन् ।

नेकपा(माले) बाट नेकपा(माओबादी) हुँदै हाल नेकपा भक्तपुरका जिल्ला कमिटीको सदस्यको जिम्मेवारीमा रहेका राजभण्डारीको निधनले पार्टीलाई अपूर्णनीय क्षती पुगेको जिल्ला सचिव डीपी ढकालले बताए । करीब पचास वर्षीय मृतक राजभण्डारीका श्रीमती,१ छोरा र १ छोरी छन् ।

 

Loading...