पासको दुरुपयोग गर्ने सवारीसाधन माथि कारवाही कडा गरिने

 विभिन्न अत्यावश्यक प्रयोजनको लागि लकडाउन अवधिमा आवत जावत गर्न पास लिएकाले उक्त पासको दुरुपयोग गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस किसिमले चलाइएका सवारी साधनमा कडाइ गर्ने भएको छ।

निश्चित बिषयको लागि निश्चित स्थान ,समय तोकिएका यस्ता सवारी पासलाई दुरुपयोग गर्दै अन्य प्रयोजन र समयमा समेत प्रयोग गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको हो ।

पासको दुरुपयोग गरि जथाभाबी चलाइएका सवारी साधनलाइ ट्राफिक प्रहरीले कडाइका साथ जाँच गर्ने ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ गाडी होल्ड गरीसकेको छ । यसैगरि १ हजार ८ सय ४६ वटा सवारी पासको दुरुपयोग गरी गुडेका गाडीको पास समेत नियन्त्रणमा लिएको छ ।

उपत्यकामा दिनमा १ सय ५५ र रातमा ४५ ठाउँमा चेकप्वाइन्ट राखेर जाँचको व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Loading...