जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग देउवाकाे माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनताहरुलाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने ब्यवास्था गर्न माग गरेका छन् । उनले सरकारसंग यस्तो माग गरेका हुन् ।

लकडाउनका कारण राजधानीबाट घर जान चाहने नागरिकबारे चासो देखाउदै सभापति देउवाले एकसाथ ३ ट्विट गर्दै शुक्रवार यस्तो माग गरे । सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन् ।”राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु।”

काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका भन्दै उनले दुख व्यक्त गरेका छन् । ”सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।” उनले भनेका छन् ।

लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई खाना र बासकाे ब्यवस्था मिलाउन समेत उनले नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका नेताकार्यकर्ता लाई निर्देशन दिएका छन् । ”सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।” उनले भनेका छन् ।

Loading...