कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ।

विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको तथ्यांकमा उल्लेख छ।

यसैबीच कोरोना संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भएको वल्र्डओमिटरले जनाएको छ।

Loading...