उपत्यकामा सवारी साधनमा डीस्इन्फेक्सन स्प्रे गर्न सुरु

काठमाडाैं । राजधानीमा सवारी साधनलाई सेनिटाइज गर्न किटाणु नाशक डीस्इन्फेक्सन स्प्रे गर्न थालिएकाे छ । नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा याे कार्य थालेकाे हाे । रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ ।

दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक भएका कारण कोरना संक्रमण रोक्न आफ्नो तर्फबाट रेडक्रसले लकडाउन अवधिभरि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भक्तपुर नगरपालिका र सुर्यबिनायक नगरपालिकाको सहकार्यमा डीस्इन्फेक्सन स्पे गर्ने गर्दै आएको भक्तपुर रेडक्रस विपद् व्यवस्थापन समितिले जनाएको छ ।

रेडक्रसले हालको यो संक्रमण बढ्दै गरेकाे र यस्ताे अवस्थामा सबै प्रमुख नाकामा यस किसिमको सेवा दिनुपर्ने बताउँदै यस्ताे सेवा दिन रेडक्रमस तत्पर रहेको पनि जनाएकाे छ । 

Loading...